बिहिबार, बैशाख १३, २०८१

शान्ति तथा राजनीतिक स्थायित्वको लागि समयमानै संविधान: उपप्रम सिंह

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट वरिष्ठ संस्कृतिविद् जोशी सम्मानीत

काठमाडौँ आषाढ १०, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा राजधानीमा   आयोजित एक कार्यक्रममा वरिष्ठ

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारसंस्कृतिविद् सत्यमोहन जोशीलाइ नगद रु एक लाखसहित कदरपत्र प्रदान गरि   सम्मान गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति संरक्षण एवम् त्यसको प्रवद्र्धनमा पुर्याएको महत्वपूर्ण योगदानको सम्मानमा उक्त पुरस्कारबाट  उपप्रधान   प्रकाशमान सिंहको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा संस्कृतिविद् जोशीलाई  सम्मानीत गरिएको हो ।

त्यस्तै सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रम सिंहले संस्कृतिविद्  नेपाली मूर्त तथा अमूर्त कला संस्कृतिको विकासमा जोशीले गरेको योगदान अविस्मरणीय रहेको बताउँदै  अनेकतामा एकता एवम् विविधतायुक्त नेपाली समाजको फरकफरक संस्कार, परम्परा र संस्कृतिलाई संरक्षण गरी देशको राष्ट्रिय एकता सुदृढ गर्न सकिनेमा जोड दिँदै देशमा शान्ति तथा राजनीतिक स्थायित्वको लागि समयमानै विद्यमान यावत असहमतिलाइ थाँती राख्दै संविधान निर्माणको काम पूरा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित,संस्कृतिविद् जोशी समितिका अध्यक्ष प्रेम छोटा लगायतका वक्ताहरुले बोल्नु भएको थियो । फोटो: युपी लामिछाने