शुक्रबार, बैशाख १४, २०८१

सुन तस्करीको अभियोगमा तीनजना भारतीय पक्राउ

काठमाडौं वैशाख २४, सुन तस्करीको अभियोगमा तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाइ दुबइको विमानबाट दुबइहुँदै गएराति १२ images (55)बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका भारत राजस्थानका लक्ष्मी सोनी, बृज मन र राजकुमार सोनीलाई पाँच किलो सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार शङ्का लागेर अभियुक्तहरूको सुटकेस जाँच गर्दा लक्ष्मी सोनीले बोकेको सुटकेसबाट एक हजार ६८३ ग्राम, बृज मनको सुटकेसबाट एक हजार ६७५ ग्राम र राजकुमार सोनीको सुटकेसबाट एक हजार ६९५ ग्राम सुन बरामद् भएको प्रहरीले जनाउँदै तीनैजना अभियुक्तलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखेर अनुसन्धान थालिएको जनाइएको छ ।