बुधबार, बैशाख १२, २०८१

योजना आयोग उपाध्यक्षमा ई.पोखरेल नियुक्त

काठमाडौ वैशाख २६, विहीवार सम्पन्न मन्त्रीपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ई गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ gobinda-pokhrel। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक पोखरेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सुशील कोइराला नेतृत्वको सरकार बनेलगत्तै रविन्द्रकुमार शाक्यले राजीनामा दिएपछि खाली रहेको उपाध्यक्ष पदमा उनलाई नियुक्त गरेको हो । पोखरेले जर्मनीबाट ऊर्जा अर्थतन्त्र र नीतिमा पीएचडी गरेका छन् । पोखरेल ४ वर्षका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी पदमा २२ महिनाअघि नियुक्त भएका थिए । आयोगका सदस्य भने सरकारले कसैलाई पनि नियुक्त गरेको छैन ।