शनिबार, बैशाख १५, २०८१

संविधान निर्माणको दिशामा सकारात्मक प्रगती भइरहेको छ: सभामुख नेम्वाङ

काठमाडौ वैशाख २८, नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहमा बोल्दै सभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माणको दिशामा सकरात्मक प्रगती भइरहेको विद्यमान अवस्थालाइ दष्टिगत गर्ने हो भने एक वर्ष भित्र संविधान निर्माण हुने बताएका छन् । त्यस्तै  सुवासचन्द्र नेम्वाङउहाँले एक वर्ष भित्र संविधान जारी गर्नुपर्ने संविधानमा काँही कतै लेखिएको त छैन, तर जनताले हामीले भनेका कुरा विश्वास गरेका छन् अव त्यो विश्वसमामाथि घात गर्नु हुन्न् । जसरी पनि एक वर्ष भित्र संविधान जारी गर्नु दलहरुको परम दायित्व भएको पक्षप्रति सभामुख नेम्वाङले जोड दिदै   संविधान निर्माणको कार्यसूचीमा कुनै फेरबदल नगर्ने अठोटका साथ आफू अघि बढेको बताउँनु भएको छ। 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा.महेन्द्र विष्टले समयमै पूर्ण प्रेस स्वतन्त्रता, नागरिक हक अधिकारयुक्त र पूर्ण लोकतान्त्रिक संविधान जारी गराउँन का लागि महासंघले ध्यान fnj team केन्द्रित गर्ने बताउँदै श्रमजीवी पत्रकारको हकहित, व्यवसायिक पत्रकारिता प्रवर्द्धन, प्रेस स्वतन्त्रताको सम्वर्द्धन र पत्रकारिताको संस्थागत विकासलाई बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

पदभार हस्तानान्तरण कार्यक्रमम शुभकामना व्यक्त गर्दै महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेले महासंघ सबै पत्रकारको साझा रहेको मुल मन्त्रलाई विर्सन नहुने बताए ।  कार्यक्रममा एमाओवादी नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उनी अर्थमन्त्री भएका बेला महासंघको भवन निर्माणका लागि सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो । पदस्थापन समारोहमा नेता पुन, महासंघको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत रहेका पत्रकार राजेन्द्र देव आचार्य, महासंघका निवर्तमान उपाध्यक्ष यशोधा तिम्सिना, महासचिव ओम शर्मा लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।