शुक्रबार, बैशाख १४, २०८१

विशेष कमिसनको माग गर्दै भट्टहरुद्दारा विशेष पूजामा अवरोध

काठमाडौ वैशाख २७, कमिसन नपाएको भन्दै पशुपतिनाथ मन्दिरका भट्टहरुले एक महिनादेखि विशेष पूजा ठप्प पारेका छन् । यसबाट कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा छ भने दर्शनार्थी निरास छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति र भट्टबीच पूजा भेटीघाटीबारे विवाद भएपछि चैत्रदेखि विशेष पूजा बन्द भएको सदस्य सचिव गोविन्द टण्डनले स्वीकारे । तलब र अन्य सुविधाबाहेक विशेषबापत थप २५ प्रतिशत कमिशनु पाउनुपर्ने भट्टहरुको माग छ । त्यो पूरा गर्न नसकिने अडानमा कोष छ । विशेष पूजा ठप्प भएको एक महिना भयो । भट्टलाई समाधानका लागि आग्रह गरेको pashupatiछौं । उहाँहरु सकारात्मक हुनुहुन्छ,टण्डनले भने, विशेष पूजा केही दिनमै सुचारु हुन्छ ।

प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुदै आएको हो । त्यसवापत हरेक दर्शनार्थीले कम्तीमा ११ सय रुपैयाँ बुझाउनुपर्छ । । कोषका अनुसार यसका लागि केहीले त २५ लाख रुपैयाँसम्म समेत खर्चेको पाइन्छ । यसबाट कोषमा वार्षिक १२ करोड रुपैयाँ संकलन हुन्छ । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । पशुपतिमा बासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्धी पञ्चामृत र सवाल लाख वत्ती नामक विशेष पूजा गरिन्छ । अचेल बन्द भएका कारण दशनार्थीहरु फूलमाला मात्र चढाएर र्फकन्छन् । मूल भट्ट दर्शनार्थीको मुखमात्र हेर्ने, चढाउन लगेको प्रसाद, पंचामृत लगायतका पूजा सामग्रीतिर नजरसमेत लगाउन छाडेको दशनार्थीहरुले बताए । शुक्रबार विशेष पूजाका लागि पुगेका कमलादीका निरन्जन शर्मा दूधसम्म नचढाइकन घर फर्के । २३ वर्षदेखि नियमित विशेष पूजा गराउँदै आएका शर्माले आक्रोशित हुंदै भने दर्शनार्थीको आस्था र मर्ममा चोट पुर्‍याउने काम भएको छ । राजनीति नगरेर समस्यमा समाधान गर्नुपर्छ ।

शर्माले धार्मिक भावनामाथि खेलवाड नगर्न पूजारी र समितिसँग आग्रहसमेत गरे । कोषले तलव दिएकै छ । दर्शनार्थीको भावना पुजारीले बुझ्नै पर्छ,उनले भने । नेपाल बन्दको दिनसमेत साइकल चढेर पूजा गरेको स्मरण गराउंदै उनले भने मैलै पहिलो पटक थाहा पाए विशेष पूजा बन्द भएको । यो त अति नै भयो ।

कोषका एक सदस्यका अनुसार कोषले मूल भट्ट र अन्य तीन जनालाई विशेष पूजावापत २० प्रतिशत कमिशन दिंदा मूल भट्टको दैनिक आम्दानी १ लाख रुपैयाँ हुन्छ । मुल भट्ट मन्दिरको गरिमा हो । उहाँले नै प्रतिशतमा वार्गेनिङ गर्न थाल्नुभयो, अब दर्शनार्थीको दृष्ट्रिकोण उनीप्रति कस्तो होलारुु ती सदस्यले भने, कमिशन त हामी दिन्नौं ।ु

कोषका अधिकांश सदस्यले नियमविपरीत दिइने तलब भत्ताको विरोध गरेका छन् । कोषले मूल भट्टलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्तालगायत सेवा सुविधा प्रदान गर्दै आएको छ । यसरी विशेष पूजा गरेबापत मूल भट्टलाई अतिरिक्त पारश्रमिक दिने व्यवस्था मन्दिर तथा पूजा व्यवस्था नियमवली मा छैन । मूलभट्टले आफ्नी श्रीमती र दुईजना सन्तानलाई विदेश जाँदा आउदा जहाज भाडासमेत दिनुपर्ने माग राखेका छन् । दुई सन्तानसम्मलाई शैक्षकि वृत्ति दिन, विद्यालय कलेज अध्ययन गर्दा लाग्ने शुल्क उपलब्ध गराउनसमेत उनीहरुले माग गरेको आजको कान्तिपुर दैनिकमा दिपेन्द्र विष्टको वाईलाइनमा प्रकाशित खवरमा उल्लेख छ ।