शुक्रबार, बैशाख १४, २०८१

लोकतान्त्रिक संविधानलेनै प्रेस स्वतन्त्रताको रक्षा गर्ने प्रम कोइरालाको अभिव्यक्ति (फोटो फिचर)

नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु

काठमाडौं बैशाख २०, आज २१औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यसैक्रममा नेपाल पत्रकार IMG_8565sjh_road_ photograhphy_patrakar_mahadivesan_2071IMG_8587sjh_road_ photograhphy_patrakar_mahadivesan_2071IMG_8554sjh_road_ photograhphy_patrakar_mahadivesan_2071IMG_8559sjh_road_ photograhphy_patrakar_mahadivesan_2071

महासंघको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुबीच देखिएको ध्रुवीकरण आफैमा राम्रो संकेत नभएको बताउँनु भएको छ । त्यस्तै उहाँले एक वर्ष भित्रमा लोकतान्त्रिक संविधान निर्माण हुने र नयाँ बन्ने संविधानले नै प्रेस स्वतन्त्रता संगै सबैको अधिकार स्थापित गराउने पक्षमा महत्वपूर्ण फड्को मार्ने बताउँदै मुलुकमा जारि हुने लोकतान्त्रिक संविधानले नै प्रेस स्वतन्त्रताको रक्षा गर्ने र पत्रकारिता पेशामा लाग्नेहरुले कार चढेर हिड्ने वातावरणको विकास हुँने बताउँनु भएको छ। साथै प्रम कोईरालाले श्रमजिवी पत्रकारको हक हितका लागि सरकार प्रतिवद्ध रहेको भन्दै समयमै संविधान जारी गर्नको लागि सहयोग पु¥याउन पत्रकारहरुलाई आह्वान गर्नुभयो । जारी राजनीतिक गतिरोध अन्त्य गर्न तथा समयमै संविधान निर्माणका लागी नेपाली जनताले कांग्रेसलाई मत दिएको भन्दै प्रधानमन्त्री कोइरालाले जनमतको उच्च कदर गर्दै एक वर्षमै लोकतान्त्रीक संविधान दिन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।IMG_8562sjh_road_ photograhphy_patrakar_mahadivesan_2071

उद्घाटनसत्रमा बोल्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले पत्रकारहरुले न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा आफ्नो पार्टीको पनि ऐक्यबद्धता रहेको बताए । अध्यक्ष खनालले पत्रकारिता पेशालाई व्यवसायिक र सेवामूलक बनाउन दिशामा लाग्न पत्रकार सम्बद्ध संघसंस्थाहरुसँग आग्रह गर्नु भएको थियो भने सूचना तथा सञ्चारमन्त्री डा। मिनेन्द्र रिजालले कुनै पनि पत्रकारले पेशागत असुरक्षा महसुस नगर्ने गरी सरकारले काम गरिरहेको बताउँनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरही, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर काकी लगायतका वक्ताहरुले मुलुकमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गरेर समृद्ध राष्ट्र बनाउने पाटोमा महासङ्घको भूमिका अतुलनीय रहेको बताउनुभएको थियो ।

सम्मेलनको उद्घाटनमा नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा योगदान पु-याउने विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कृत गरिएको छ । महाधिबेशन उद्घाट्नअघि बिहान संविधानसभामार्फत् एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान भन्ने सन्देशसहित विश्व प्रेस स्वततन्त्रा दिवसको सन्दर्भमा प्रभातफेरी सहित पत्रकारहरु महाधिवेशनस्थल गएका थिए । महाधिवेशनमा देशभरका १ हजार ६ सय ५१ सभासद सहभागी छन् ।IMG_8602sjh_road_ photograhphy_patrakar_mahadivesan_2071
महासंघको नेतृत्व लिन वामपन्थी पत्रकारहरुको तर्फबाट डा.महेन्द्र विष्ट तथा प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट पोषण केसीको नेतृत्वमा उम्मेदवारहरु मैदानमा छन् । आज र भोलि हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । दुई दिन चल्ने महाधिवेशनमा समावेशी विधान संशोधनको प्रस्ताव पेश गरिँदैछ । प्रस्तावित विधानमा एक उपाध्यक्ष सहित समावेशी सचिवका पद सिर्जना गरिएको छ । यस्तै महासंघको आर्थिक सुशासन र पारदर्शिता अभिवृद्धि गर्न लेखा समिति पनि बनाइएको छ ।