शुक्रबार, चैत्र १६, २०८०

आज २१औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं बैशाख २०, आज २१औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघसहित सञ्चार सम्वद्ध संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा  पत्रकार महासंघको अगुवाइमा बिहान काठमाडौँमा प्रभातफेरि निकालिएको छ । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९९३ मा मे ३ लाई प्रेस स्वतन्त्रता दिवस घोषणा गरेपछि __anup 01-16हरेक वर्ष संसारभर यो दिवस मनाउने मनाउँदै आएको छ।  । नेपालमा भने सन् १९९७ देखि दिवस मनाउन थालिएको हो ।

नेपालको अन्तरिम संविधान ०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हतियार शान्तिपूर्वक भेला हुने अधिकार, राजनीतिक दल खोल्ने, संघरसंस्था खोल्ने, आवतजावत गर्ने, बसोबास गर्ने, कुनै पेसा, रोजगार, उद्योग, व्यवसाय गर्ने स्तन्त्रताको ग्यारेन्टी गरेकोछ । त्यस्तै सिद्धान्तमा सबै राजनीतिक दलहरू प्रेसप्रति उदार देखिए पनि व्यवहारमा भने लागू गर्न सकेका छैनन् ।  यहाँका राजनीतिक दलहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा छायाँमा बसेर प्रेसप्रति दमन गर्दै   औपचारिक कार्यक्रममा भने पूर्ण प्रेसको स्वतन्त्रताको वकालत भने गर्न छाड्दैनन् ।  मुलुक अहिले संक्रमणकालको अवस्थामा छ । संक्रमणकालीन अवस्थामा त्यस्ता व्यक्ति वा समूहहरूको अवशेष नभएको चाहिँ होइन । पत्रकारहरूको हकहितका लागि आवाज तथा प्रेस स्वतन्त्रताको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले राष्ट्रिय तथा अन्तर्राट्रिय निकायसँगको सह–कार्यमा पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षा र श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको सुनिश्चितताका लागि दबाबमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तरपनि मुलुकको पत्रकारितावृतमा पूर्ण रूपले प्रेस स्वतन्त्रता को प्रत्याभूत हुँनसकको छैन ।

  आवाजविहीनको आवाजलाई बाहिर ल्याउने राज्यको चौथो अंग मानिने सञ्चारकर्मीको  केवल औपचारिकतामा सिमित हुँदै आएको प्रेस स्वतन्त्रता दिवस स्वतन्त्र प्रेसका लागि निर्णायक हुन आवश्यक छ । जसले प्रेसलाई दमन गरेको छ जो सरकारमा रहँदा सञ्चारकर्मीको हत्या गरेको छ, त्यसले नै अहिले प्रेस स्वतन्त्रताको बारेमा ठूला कुरा गरेको   हामी सहजै बोघ गर्न सक्छौं छ । छाता सस्थाको रूपमा सञ्चारकर्मी संगठित भएपछि सुरुकै दिनबाट नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आए पनि  प्रेस स्वतन्त्रताको सवालमा परिवर्तनको संकेत देखिएको छैन । नेपालमा संविधानमानै प्रेस स्वतन्त्रताको संबोधन गरिएको छ । तर, व्यवहारमा प्रेस स्वतन्त्रता छैन । प्रेसमाथि हुने गरेको दमन र थुनछेकले संविधान माथिनै प्रश्नचिन्ह खडा गरिदिएको छ ।