शुक्रबार, बैशाख १४, २०८१

न्यायाधीशहरुको संसदीय सुनुवाई सुरु

काठमाडौ ज्येष्ठ ९, न्यापरिषदको सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका न्यायाधीशहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष सतितिले आज पहिलो चरणमा वैद्यनाथ उपाध्यायका विषयमा सुनुवाई सम्पन्न गरेको छ । पहिलो चरणमा caउपाध्यायको सुनुवाई सकेपछि स्थगित भएको संसदीय समितिको बैठक तीन बजेपछि फेरि बस्दैछ ।

बिहान पहिलो चरणको बैठकमा सभासदहरुले उपाध्यायमाथि हत्या आरोपी एमाओवादी नेता बालकृष्ण ढुंगेललाई सफाइ दिनुको कारणबारे प्रश्न गरेका थिए । जवाफमा उनले ढुंगेलसँग पैसा लिएर सफाई नदिएको भन्दै मुद्दाको कागजातको आधारमा सफाई दिएको दाबी गरेका थिए । उनले ढुंगेलसँग पैसा माग्ने तागत कसैको नभएको भन्दै आफू पहिलेदेखि नै खानदानी मानिस भएको र सम्पतिको विवरण हेर्न पनि सुझाव दिए । प्रस्तावित न्यायाधीश उपाध्यायले न्यायपरिषद्को निर्णय, सर्वोच्च अदालतले राजनीतिमा गरेको हस्तक्षेप लगायतका उठाएका धेरै प्रश्नको भने जवाफ दिएनन् ।

न्यायापरिषदले उपाध्यायसहित चोलेन्द्र शमशेर राणा, दिपकराज जोशी, गोपाल पराजुली, गोविन्दकुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ र जगदिश शर्मा पौडेललाई सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा प्रस्ताव गरेको थियो । परिषदले सिफारिस गरेका राणा र जोशीलाई सर्वोच्चले नै कारबाही गर्न न्याय परिषद्लाई लेखिपठाएको, न्याय सम्पादन गर्ने क्षमता र योग्यता नभएको तथा पराजुलीले चारपटक विवाह गरेको, न्याय सम्पादन प्रभावकारी नभएकोलगायतका उजुरी परेको छ । उजुरीकर्ताले संसदीय सुनुवाई विशेष समितिमा राणा, जोशी र पराजुलीलाई कुनै पनि हालतमा सर्वोच्चको न्यायाधीश नबनाउन आग्रह गरेका छन् ।