शनिबार, बैशाख १५, २०८१

पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न सम्बन्धित संसदीय समितिलाई आग्रह

 काठमाडौँ वैशाख ४ , सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता हटाउन छलफल गर्नाका साथै समस्या समाधानका लागि सम्बन्धित संसदीय समितिलाई आग्रह गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयको जानकारी गराउँदै सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले singhadurbarपेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताले जनमानसमा परेको कठिनाइलाई निराकरण गर्नेबारेमा छलफल भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको नियमित घाटाले सरकारको राजस्वमा परेको भार हटाउने विषयमा समेत लामो छलफल गरी मन्त्रिपरिषद्ले सम्बन्धित विषयको संसदीय समितिलाई समस्या समाधान गर्न आग्रह गरेको छ । बैठकले खोप सेवा सञ्चालनको व्यवस्था गर्नका लागि विधेयकको मस्यौदा तयार गर्न र प्रस्तुत गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा रिजालले जानकारी गराउनुभयो । बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद्मा रहेका समितिलाई चाँडै आफ्ना काम कारबाही अघि बढाई सम्पन्न गर्नका लागि समेत निर्देशन दिनुभएको जनाइएको छ ।