बिहिबार, बैशाख १३, २०८१

एमाओवादीले आज पनि संसदको बैठक अवरुद्ध पारे

 काठमाडौँ वैशाख ४ , एमाओवादीको अवरोधका कारण आज पनि व्यवस्थापिका संसदको बैठक बस्न सकेनन । आज साढे ३ बजे संसद् वैठक सुरु हुनासाथ एमाओवादी सभासद्हरुले अवरोध सुरु गरेपटछ सभामुख सुबासचन्द्र नेम्वाङले संसद्को वैठक भोलि   ११ बजे सम्मको लागि वैठक स्थगित गरिएको निर्णय 40643ecdfcf3ac8836355f8c6ee20e1bसुनाउनु भएको हो ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राऊ परेका दुई कार्यकर्ता रिहाई र मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै एमाओवादीले हिजो देखि संसद वैठक अवरुद्ध गर्दै आएका छन । उनिहरुले अधिकारीको हत्या प्रकरणमा पक्राऊ परेका दुई कार्यकर्तासहित १३ विरुद्ध चितवन प्रहरीले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्दै कारवाही अगाडी बढाएपछि संसद त्यसको विरोध स्वरुप संसद अवरुद्ध पार्ने काम सुरु गरेको हो ।