शनिबार, बैशाख १५, २०८१

सत्यनिरुपण तथा मेलमिलाप विधेयकका बारेमा तीन दलबीच छलफल

काठमाडौँ वैशाख १०, प्रमुख तीन दलकाबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ संसदमा प्रस्तुत बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा 3 dallमेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा प्रमुख तीन दलको तर्फबाट गठित कार्यदलले तयार पारेको बुँदाहरुमाथि छलफल भएको छ । त्यस्तै आज साँझनै एमाओवादीसहित मधेसवादी दलका नेताहरु र सत्तारुढ दलका नेताबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको बुझिएको छ ।

स्रोतका अनुसार बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयकका साथै संसदीय समितिको सभापति चयनका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै साना दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले आज साँझ बालुवाटारमा प्रस्तुत प्रसगमा समसामयिक एवम् विषयगत छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन ।