शनिबार, बैशाख १५, २०८१

विवादित छवी वोकेको न्यायाधीश नियुक्ति प्रकरण रोक्न नेपाल बार घनिभूत छलफलमा

काठमाडौं बैशाख १५, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्दले गरेको सिफारिस रोक्न नेपाल बार एसोसियसन कम्मर कसेर लागेको छ । आइतवार नेपाल बार एशोसिएसनले न्यायाधीश नियुक्तिको लागि परिषदबाट भएको सिफरिसलाइ लिएर बारको सल्लाहकार परिषद् बैठक र त्यस लगत्तै बसेको केन्द्रीय पदाधिकारीको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज विहान ९ बजे फेरि अर्को बैठक बोलाइएको बारका उपाध्यक्ष barBuildingटीकाराम भट्टराईले बताउँनु भएको छ ।

आजको बार पदाधिकारी बैठकले प्रस्तुत प्रसंगमा नितिगत धारणा तय गर्दै परिषद्ले गत मङ्गलबार विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीश तथा कामु मुख्य न्यायाधीश गरी आठ जना न्यायाधीशहरू क्रमस वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेललाई सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो ।

यसरी सिफारिसमा परेकामध्ये वैद्यनाथ र ओमप्रकाशबाहेक अन्य सबै न्यायाधीशहरू कुनै न कुनै रूपमा विवादित छवी वोकेको र त्यस्तै गरि राणा र दीपकराजलाई त सर्वोच्च अदालतबाटै गलत न्याय सम्पादन गरेको भन्दै कारबाहीका लागि सिफारिससमेत भएको भन्दै न्यायाधीश नियुक्ति प्रति असन्तुष्टि सहित नेपाल बारले त्यसलाई रोक्न हरसंभव पहल गने मनस्थिती बनाएको बुझिएको छ । बारले स्वच्छ, निष्पक्ष र निर्विवाद व्यक्तिको चयन नगरेको तथा न्यायाधीश नियुक्तिमा नेपाल बारलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।