बिहिबार, बैशाख १३, २०८१

आज संविधान निर्माणको लागि विषयगत समितिको बैठक बस्दै

काठमाडौं बैशाख १५, संविधान निर्माणको मुख्य जिम्मेवारी बोकेको दुईवटा विषयगत समितिमा सभापति चयन भएपछि आज बैठक बस्न लागेको हो । आज दिउँसो १ बजेपछि बस्ने संवैधानिक राजनीतिक सम्वाद समिति र संविधान मस्यौदा निर्माण समितिको बैठकले मुख्यत संविधान निर्माणको Nepalप्रक्रियामा विवाद रहेका विषयमा केन्द्रीत रहदै संविधानसभा बाहिर रहेका दलहरुसँग गर्ने वार्ताका विषयमा छलफल गर्ने तयार गरेको बुझिएको छ।

त्यस्तै प्रमुख दलका शीर्ष नेताहरु समेत रहेका समितिमा संविधान निर्माणका लागि बनाइने कार्यविधि, कार्यतालिकाका विषयमा मुख्य गरि छलफल हुनेछ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले समितिको पहिलो वैठक भएकाले सैद्धान्तिक विषयमा बढी केन्द्रित हुने बताउनुभयो । मस्यौदा समितिको बैठकमा अघिल्लो संविधानसभाका विवादित विषयको निक्यौल गर्ने विषयमा छलफल हुनेछ ।