शुक्रबार, बैशाख १४, २०८१

राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै आएका फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामा पक्राउ

 काठमाडौं चैत्र २३ ,फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार गृहमन्त्री हुँदा फोरम लोकतान्त्रिकमा प्रवेश गरेका र पाटी अध्यक्ष गच्छदार निकट ganesh lamaमानिएका फोरम लोकतान्त्रिकका केन्द्रियसदस्य गणेश लामालाई प्रहरीले आईतबार राजधानीबाट पक्राउ गरेको छ । राजनीतिक आवरणमा गुण्डागर्दी गरी धम्की दिएर चन्दा असुली गरेको अरोपमा महानगरीय प्रहरी परिसर हनुमानढोकाले आइतबार उनलाई त्रिभुवन विमानस्थल अगाडिबाट पक्राउ गरेको हो ।

लामाले समूह परिचालन गरेर गुन्डागर्दी गरेको सूचनाको आधारमा निजलाइ पक्राउ गरिएको प्रहरी स्रोतको दावी रहेको छ । यसैवीत संविधानसभाको दोस्रो निर्वाचनमा काभ्रेवाट चुनाव लडेका लामाउपर अवैद्य सम्पत्ति आर्जन गरेको अभियोगमा समेत छानबिन हुँदै गरेको छ ।