शुक्रबार, चैत्र १६, २०८०

अघिल्लो संविधानसभाबाट संविधान नबन्नुको दोष पत्रकारलाई

 काठमाडौं चैत्र २३ , अघिल्लो पटक सञ्चारकर्मीले गलत समाचार सम्प्रेषण गरेका कारण संविधान नबनेको भन्दै सभासद् मिनाक्षी झाले सञ्चारकर्मीलाई resize_imageप्रवेश निषेध गर्नुपर्ने धारणा राखिन् । अघिल्लो संविधानसभामा भएका सहमतिलाई लिपिबद्ध गर्न गठित संविधान अभिलेख तथा निक्र्यौल समितिले आगामी बैठकमा समितिको बैठकको सुरु मै ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सञ्चारकर्मीलाई प्रवेश गराउने वा नगराउने विषयमा सभासद्को धारणा मागेपछि झाले त्यस्तो धारणा राखेका हुन् ।

सभासद् झाको सो धारणालाई अमर्यादित भन्दै सभासद् सापकोटा, पौडेल, केसीलगायतले आपत्ति जनाएका थिए । अधिकाशं सभासद्ले ‘हामी लोगो लगाएका सभासद्, सञ्चारकर्मी लोगो नलगाएका सभासद्’ भन्दै बैठकमा प्रवेश दिनुपर्ने धारणा राख्नुभएपछि स्थितिमा सुधार आएको थियो । अन्त्यमा ज्येष्ठ सदस्य गुरुङले बैठकमा सहज रुपमा सञ्चारकर्मीलाई प्रवेश गराउने बताउँदै संविधान नबन्नुको दोष निश्चित समूहलाई नलगाउन आग्रह गरेको बुझिएको छ ।