शनिबार, बैशाख १५, २०८१

चोरीको गाडी चढ्ने अनि सम्मान खोज्ने यू गेट लस्ट् भन्दै एसएसपी खरेलले कार्यकक्षबाट पूर्वएआईजीलाई निकाले

 काठमाडौँ चैत २१, महानगरीय प्रहरी परिसर हनुमानढोकाका एसएसपी रमेश खरेलले ठगी आरोप लागेका एक पूर्वएआईजीलाई आफ्नो कार्यकक्षबाट निकालेका छन्। खरेलले पूर्वमहानगरीय प्रहरी आयुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) रमेश श्रेष्ठलाई यू गेट लस्ट् भन्दै बाहिर निकालेको खवर आजको  अन्नपूर्ण दैनिकमा प्रकाशित  छ ।  

श्रेष्ठले भने कसैले निकालेको नभई आफैं बाहिरिएको बताएका छन्। मविरुद्ध उजुरी परेपछि छलफलका लागि परिसर गएको हुँ। एसएसपीले मर्यादा नराखेपछि म आफैं निस्किएर हिँडेको हुँ, कसैले निकालेको होइनु, श्रेष्ठले भने। किर्ते र ठगी उजुरीमा अनुसन्धानका लागि डाकिएका श्रेष्ठले रबाफ देखाउन खोजेपछि खरेल कठोर बनेका हुन्। काठमाडौं बुद्धनगरका केशवराज जोशीले घर बेचेबापत पाउनुपर्ने रकम नदिएको भन्दै परिसरमा श्रेष्ठविरुद्ध उजुरी दिएका थिए। जोशीको उजुरीमा २०५७ वैशाखमा घर बेचे पनि श्रेष्ठले दिनुपर्ने १६ लाख रुपैयाँ नदिएको उल्लेख छ। उजुरीमा छलफल गर्न दुवै पक्ष र परिसरका तीन डीएसपी खरेलको कार्यकक्षमा बसेका थिए। टोलछिमेकमा बुझ्दा पैसा दिनुपर्ने देखियो। तर घटना लामो समय भएका कारण कारबाही चलाउन कानुनी आधार देखिएनु, खरेलले पूर्वएआईजी श्रेष्ठलाई भनेका थिए।

श्रेष्ठले तपाईंले मलाई उजुरीका भरमा कारबाही गर्ने खरेल साप भन्दै जंगिएर पूर्वएआईजीलाई सम्मान नगर्नेु भनेपछि खरेलले ठाडो शब्दमा तपार्इंले ३२ वर्ष प्रहरी सेवामा लुटेकाले के सम्मान गर्नेु भन्दै पीडितलाई अख्तिर जान सुझाएका थिए। तर श्रेष्ठले विवाद गर्न थालेपछि खरेलले तपाईं एआईजी भएर चोरीको गाडी चढ्ने अनि सम्मान खोज्नेरु बाहिर निस्कनुस् भनेका थिए।

श्रेष्ठलाई डीएसपीत्रय अर्जुन चन्द, पोषराज पोखरेल र रमेश बस्नेतले बाहिर निकालेका थिए। श्रेष्ठसँगै गएका अन्य दुईजना भने खरेलले पूर्वएआईजीलाई ठग भनेपछि अक्क न बक्क परेका थिए।

तीन दिनदेखि दिनहुँ परिसरमा चलिरहेको छलफलमा श्रेष्ठले भने आफूले जोशीलाई कुनै रकम दिन बाँकी नभएको बताउँदै आएका छन्। जोशीले पत्नी सविनाका नाममा बुद्धनगर कित्ता नम्बर तीन सय ९८ ९हाल साबिक ३६३, १९३, १९५० मा सात आना एक पैसामा बनेको घर श्रेष्ठका साला सविन झोन्छेमार्फत ४४ लाख ५० हजारमा बेचेका थिए। संक्रमणकालीन राजनीतिक अवस्थामा बहालवाला प्रहरीले धम्क्याएरै पैसा दिएनन्, जोशीले खरेलसमक्ष भनेका थिए।

श्रेष्ठले पैसा नदिएपछि जोशीले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी भोला शिवाकोटी, तत्कालीन गृहमन्त्री वामदेव गौतम र तत्कालीन गृहसचिव गोविन्द कुसुमसम्मले उजुरी गरेका थिए। जोशीका अनुसार घर रहे पनि पत्नी प्रमिलाकुमारी झोन्छेका नाममा जग्गामात्र भएको कागजी विवरण श्रेष्ठले देखाउने गरेका छन्। हिमालयन ब्यांकसँगको ऋण कारोबारमा सोही कित्ता नम्बरको जग्गामा घरसमेत देखिन्छ। ुनापीका प्रमुख नागेन्द्र झासँगको मिलोमतोमा श्रेष्ठले नयाँ नक्सा बनाएका हुन् जोशीले भने। श्रेष्ठ हाल बुद्धनगरस्थित सोही घरमा बस्दै आएका छन्। जोशीले आफू अख्तियारमा जाने तयारीमा रहेको बताए।