शुक्रबार, चैत्र १६, २०८०

संविधान निर्माण कार्यतालिका संविधानसभामा पेश हुँदै

 काठमाडौँ चैत २१, आज बस्ने संविधानसभाको बैठकमा कार्यव्यवस्था परामर्श समितिले तयार गरेको प्रतिवेदन पेश हुने भएको छ । बिहान ११ बजे resize_imageसंविधानसभा भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमाल समितिले आउँदो कात्तिकभित्र नयाँ संविधानको मस्यौदा बनाउने गरी तयार पारेको प्रतिवेदन बुझाउने तयारी गरेको हो । 

आज प्रतिवेदन पेश भएपछि आजैबाट सामान्य छलफल हुन सक्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश गरिएको कार्यतालिकामा माघमा संविधान जारी गर्ने उल्लेख छ । यसैबीच आज बिहान साढे १० बजे समितिको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएर संविधानसभा बैठकमा पेश गरिने सचिवालयका प्रवक्ता शर्माले बताउनुभयो ।  समितिले आउने वैशाख १५ गतेभित्र विषयगत समितिका सभापतिहरु छानिसक्ने सचिवालयको प्रस्ताव गरेको छ । कार्यतालिका अनुमोदन भएपछि संविधान निर्माणको औपचारिक प्रक्रिया सुरु हुने र विषयगतरुपमा छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।