शुक्रबार, बैशाख १४, २०८१

गृहमन्त्री गौतमले भने काठमाडौंको गुण्डागर्दी समस्या शुन्यमा पुगेको छ

काठमाडौं बैशाख १७,    उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी नसम्हाल्दै चर्चामा रहेको वामदेव गौतमले प्रस्तावित जिम्मेवारी सम्हाले देखिनै  एकपछि अर्को विवादमा तानिएपछि  मंगलवार राजधानीमा आफ्ना विवादित विषयमा स्पष्ट पार्दै गृहमन्त्री गौतमले भने सोमबार आफू bamdaveअर्घाखाँचीको कार्यक्रममा सहभागी हुन जाँदा हेलिकोप्टर खर्च २० लाख लागेको भनेर कान्तिपुर दैनिकमा प्रकाशित समाचार भ्रामक भएको जिकिर गरे । उनले भने, अर्घाखाँचीमा जाँदा नेपाल सरकारको पैसा खर्च भएको छैन । स्वर्गद्वारीको विकासको सन्दर्भमा जाँदा हेलिकोप्टर खर्च ३ लाख ९८ हजारमात्र लागेको भन्दै  गृहमन्त्री गौतमले कान्तिपुर दैनिक र रेडियो कान्तिपुरको नामै किटेर भने, अध्ययननगरी किन झुठो खबर प्रशारण  गरे    त्यो आफैमा अनुसन्धानको विषय भएको बताए ।

त्यस्तै गृहमन्त्री गौतमले काठमाडौं उपत्यकामा गुण्डागर्दी शुन्य तहमा झरेको दावी गरे । गृहमन्त्रीले गुण्डागर्दी तथा अपराध नियन्त्रण अभियानको प्रभावकारिताका कारण मुलुकभर गुण्डाहरु सबै लुकेको र निष्क्रय भएको दावी गर्दै अहिले काठमाडौंको गुण्डागर्दी जिरो शुन्यमा झरेको बताएका छन । तर गृहमन्त्री गौतमले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषि ठहर गरिएका एमाओवादी सभासद बालकृष्ण ढुंगेल फेला नपरेको भन्दै  ढुंगेलमाथि सरकार र प्रहरीको दृष्टि नपुगेकै होु, गृहमन्त्री गौतमले भने, जहिलेदेखि राज्यले पक्राउ गर्ने तदारुकता देखायो, त्यसबेलादेखि उनी राज्यको पहूँचबाहिर रहेको बताए । एकपछि अर्को विवादमा तानिएपछि