शुक्रबार, बैशाख १४, २०८१

पेट्रोलियम मूल्यबृद्धि आंशिक फिर्ता

fuel-pumpकाठमाडौं चैत्र ६, सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि आंशिकरुपमा फिर्ता लिएको छ । सरकारको मूल्यबृद्धि आंशिक फिर्ता लिएलगत्तै दुई दिनदेखि अवरुद्ध संसद सुचारु भएको छ । यसअघि सरकारले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि गर्ने निर्णय गरेकोमा ४ रुपैयाँ ५० पैसा मात्रै बृद्धि गर्ने भएको छ । मट्टितेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा मात्रै बृद्धि गरिने मन्त्री आचार्यले सदनलाई जानकारी गराए । 

हवाई ईन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियको लागि प्रतिलिटर १० रुपैयाँ मात्रै बृद्धि गरिने मन्त्री आचार्यले बताए । मूल्यबृद्धिको विरोधमा प्रतिपक्ष एमाओवादी, राप्रपा नेपाललगायत दलहरुले आज ११ बजेको संसद् बैठक अवरुद्ध पारेपछि सरकाले निगम पदाधिकारीसहित प्रतिपक्षसँग छलफल गरेर मूल्यबृद्धि आंशिक फिर्ता लिने निर्णय गरेको हो । मूल्यबृद्धिको विरोधमा १७ बिद्यार्थी संगठन पनि आन्दोलनमा छन् ।  त्यस्तैग्यासको निलो र रातो सिलिण्डर प्रणाली प्रभावकारी रुपमा लागू गरिने, पेट्रोल पम्पको कमिशन नबढाइने बताएका छन ।