शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासङ्घ काठमाडौँमा नयाँ नेतृत्व

 काठमाडौ चैत १०,  नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्लाको आइतबार सम्पन्न निर्वाचन नवौँ अधिवेशनले अध्यक्षमा गोविन्द चौलागाईंलाई निर्वाचित गरेको छ भने उपाध्यक्षमा श्रीजन झा, सचिवमा रामकृष्ण अधिकारी, सहसचिवमा ज्ञानप्रसाद बास्तोला र कोषाध्यक्षमा सीता पोखरेल विजयी हुनुभएको छ । 20140324-_NUP7459त्यस्तै गरि सदस्यहरूमा ममता कट्टेल (महिला), भौचप्रसाद यादव (मधेसी), सन्तोष बराइली (दलित), वीरबहादुर लामा (जनजाति) विजयी हुनुभएको छ भने खुलातर्फ सूर्य सुवेदी, कालिका महत, रामचन्द्र बस्नेत, नेत्रप्रसाद न्यौपाने, सतीदेवी उप्रेती, सुनिता कोइराला, अमिर लामा र रमेश वाग्ले विजयी हुनुभएको छ ।

निर्वाचनको अन्तिम नतिजा आज बिहान सार्वजनिक गर्दै प्रमुख निर्वाचन आयुक्त गोपाल बुढाथोकीले निर्वाचित नेतृत्वलाई पारदर्शी भएर पत्रकारको हकहितमा काम गर्न शुभकामना दिँदै चाँडोभन्दा चाँडो केन्द्रीय पार्षद्को नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभएको थियो ।

त्यसैगरी पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि तथा महासचिव ओम शर्माले श्रमजीवी पत्रकारको हकहितमा काम गर्नका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित अध्यक्ष चौलागार्इं, उपाध्यक्ष झा र सचिव अधिकारीले एकताबद्ध भएर पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।