शनिबार, बैशाख १५, २०८१

यस्तो थियो बसन्तपुरमा होलीको साङगेतिक बर्षा संगसङगैको उमङ (फोटो फिचर)

 काठमाडौं चैत्र २, वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाईयो ।   राजधानीको वसन्तपुरमा मध्यान्ह एशियन पेन्ट्सको सहयोगमा ईमेज च्यानल   स्थानीय गंगा क्लवको  आयोजना सम्पन्न होली विशेष कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए । कार्यक्रममा गायक गायिकाहरुको गीतसंगीत प्रस्तुत गर्नेक्रम साँझ अबेरसम्म जारी रहेको थियो । प्रस्तुत सामुहिक होली कार्यक्रममा घन्किएको साङगेतिक कार्यक्रममा रमाईरहेको होलीप्रेमीहरुको माहौल हेर्ने हो लाग्थ्यो महादेव-पार्वती मन्दिर र वसन्तपुर परिसमा होलीको साङगेतिक बर्षा भईरहेको थियो । टुँडिखेल र अन्य सार्वजनिकस्थलमा पनि गीत सङ्गीतसहितको होली कार्यक्रम आयोजना गरिए । आफूखुशी गीत गाउने र नाच्नेको सख्या पनि त्यतिकै   देखिएको थियो । 

त्यस्तै आजै साँझ काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ  --_NUP7006_4789 --_NUP7014_4797 --_NUP7023_4806 --_NUP7029_4811 --_NUP7036_4819 --_NUP7044_4828 --_NUP7051_4834 --_NUP7061_4844 --_NUP6978_4761 --_NUP6988_4771 --_NUP6996_4777 --_NUP6998_4781 --_NUP7001_4785

--_NUP7084_4867 --_NUP7108_4888 --_NUP7114_4894 --_NUP7120_4899 --_NUP7123_4903 --_NUP7127_4907 --_NUP7153_4932 --_NUP7161_4941 --_NUP7165_4945 IMG_5097sjh_event_ photograhphy_holi_2070 IMG_5101sjh_event_ photograhphy_holi_2070 IMG_5102sjh_event_ photograhphy_holi_2070 --_NUP7063_4846 --_NUP7070_4853 --_NUP7075_4858 --_NUP7076_4859गाडिएको चीरलाई विधिपूर्वक ढाली  बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ।  आज राति टुँडिखेलमा गुरुमापा नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई परम्परालाई होलीको अर्को   एतिहासिक पक्षका रुपमा हेरिएको छ ।   

त्यस्तै  फागु पूर्णिमाको अघिल्लो दिनसम्म गत वर्षको तुलनामा अपरिचित पैदलयात्रीलाई लोलाहान्ने तथा अभद्र व्यवहार गर्ने कार्य छिटफुट वाहेक नगन्य रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।  आजका दिन  विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गरेको दृष्य देख्न सकिन्थ्यो ।