शुक्रबार, बैशाख १४, २०८१

होली खेल्ने क्रममा दुईको मृत्यु , ४६७ जना पक्राउ

 काठमाडौँ चैत २ ,होली पर्व मनाउने क्रममा काठमाडौँ उपत्यकामा त्यस्तो कुनै पनि गम्भीर आपराधिक गतिविधि नभएको प्रहरीले जनाएको छ । जबर्जस्ती police office hanuman dhoka19लोला हाल्ने, रङ्ग दल्ने, मादक पदार्थ खाएर सवारी साधन चलाउने र महिलामाथि दुव्र्यवहार गर्ने खालका घटना घटेपनि अरु कुनै पनि खालको गम्भीर घटना हुन पाएन । होलीका क्रममा जबर्जस्ती गरेको अभियोगमा प्रहरीले काठमाडौँ उपत्यकाबाट ४६७ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो । यस्तै, मादक पर्दाथ सेवन गरी मोटर साइकल चलाएको आरोपमा १४० वटा मोटर साइकललाई नियन्त्रणमा लिइएको छ ।

प्रवक्ता केसीका अनुसार जबर्जस्ती लोला हानेको, रङ्ग दलेको, सार्वजनिक स्थानमा अवाच्छित गतिविधि गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । त्यसैगरी, होली खेल्ने क्रममा लडेर दुई बालकको ज्यान गएको छ । महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अर्जुन चन्दका अनुसार धापासी–९ वसुन्धारामा १२ वर्षीय अर्पण राईको घरको छतबाट लडेर मृत्यु भएको हो ।

यस्तै, धर्मस्थलीका १४ वर्षीय अनिल महर्जनको जनमैत्री अस्पताल बालाजुमा उपचारको क्रममा मृत्यु भयो । होली खेल्ने क्रममा बिहान साढे नौ बजे धर्मस्थली जरङ्कुमा बेहोस भई लडेका महर्जनको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै ट्राफिक प्रहरीले होली पर्वलाई दुर्घटना शून्य बनाउन र जथाभावी सवारी साधन चलाउने कार्यलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सवारी जाँचमा कडाई गरेको थियो ।