शनिबार, बैशाख १५, २०८१

सोमबार मुलुकले नयाँ प्रधानमन्त्री पाउँने सम्भावना आफैमा अन्यौल,प्र.म निर्वाचनको लागि व्यवस्थापिका संसदमा आजबाट प्रक्रिया सुरु

  काठमाडौँ माघ २५, व्यवस्थापिका–संसदमा आउँदो सोमवार हुँने नयाँ प्रधानमन्त्रीको निर्वाचनले मुलुकलाइ नयाँ प्रधानमन्त्री दिने संभावना आफैमा biccअन्योलताको भूमरिमा भाँसिएको छ । दलहरुवीच विद्यमान तर्कसंगत संवाद हिनताका कारण अझ विशेषत नेपाली काँग्रेस र नेकपा एमाले बीच सरकार गठनको सवाललाइ लिएर भइरहेको अन्तरद्धोन्द संवादका कारण यस्तो संभावना देखिएको जानीफकारहरु बताउँछन । अहिले जुरु रुपमा जुन काँग्रेस र एमालेबीच सत्ता साझेदारी र शक्ति वाँदफाँदलाइ लिएर देखिएको असमझदारीको कारण उनिहरुले यस्तोे सम्भावनाको पहिचान गरेका हुन । 

 प्रस्तुत प्रसंगलाइ अझ प्रखरित रुपमा शुक्रवारको व्यवस्थापिका–संसद्को बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बारम्बार आफ्नो दलको ‘बटम लाइन’ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने अभिव्यक्ति दिनु र काँग्रेसले भने तत्काललाई राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई सम्बोधन नगर्नुले पनि थप बल प्रदान गरेको देखिन्छ ।
यसैवीच नयाँ सरकारको प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्रीको निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेद्वारको मनोनयन पेश गर्नुपर्ने छ । संसद सचिवालयले तयार पारेको कार्यसूचीअनुसार प्रधानमन्त्री पदका लागि भोलि बेलुका ५ बजेसम्म उम्मेद्वारी पेश गर्न सकिने छ ।  भोलि साढे ५ बजे उम्मेद्वारको अन्तिम सूची प्रकाशित गरिने र संसदमा पर्सि चुनाव हुने कार्यतालिका छ । प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि संसदमा तत्काल कायम रहेको सदस्य सङ्ख्याको सामान्य बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेसम्म संसदको ठूलो दल नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको मात्रै उम्मेद्वारी पर्ने देखिए पनि बहुमत जुट्ने विषयमा प्रस्ट भइसकेको छैन ।