शनिबार, बैशाख १५, २०८१

रु ५ करोड भन्दा बढीको अवैध लागुऔषध कोकिनसहित नामिवियाली नागरिक रेमन्ड पक्राउ

cocaine
(गुगल फोटो )

 काठमाडौंँ फागुन ११, लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले अहिलेसम्मकै ठूलो परिमाणको अवैध लागुऔषध कोकिनसहित प्रहरीले एक नामिवियाली नागरिक रेमन्ड जुन्गु ओपेललाई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । रु पाँच करोड ३३ लाख ८० हजार बराबरको कोकिनसहित प्रहरीले पक्राउ गरेको ओपेलको साथमा रु पाँच करोड ३३ लाख ८० हजार बराबरको लागुऔषध कोकिन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । उनि फ्लाई दुबईको एफजेड ५७५ विमानबाट दुबई हुँदै काठमाडौँ आएका थिए । 

 विमानस्थलको स्वर्णद्वार अगाडि हाते झोलामा लुकाइराखिएको अवस्थामा ४५ प्लास्टिक कोटेड क्याप्सुल बनाइएको सात सय ६५ ग्रामसहित उनलाई पक्राउ गरिएको हो । प्रहरीले ओपेलले पेटभित्र समेत कोकिन लुकाएको हुन सक्ने आशङ्कामा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगी उपचार विधिबाट जाँच गर्दा थप एक किलो ९०४ ग्राम कोकिन बरामद भएको थियो । कोकिनको अन्तर्राष्ट्रिय अवैध मूल्य अनुमानित प्रति किलो दुई लाख अमेरिकी डलरअनुसार नेपाली रु पाँच करोड ३३ लाख ८० हजार हुने ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतापसिंह थापाले बताउनुभयो ।

यसैवीच कतार एयरबेजबाट कतारको दोहा हुँदै बेल्जियम जान लागेका फ्रान्सेलीलाई पनि प्रहरीले चरेससहित पक्राउ गरेको छ । ग्लान क्रिष्टोफ अगस्टिनलाई झोलाभित्र फल्स बटम बनाई छ वटा डायरीमा टेपले बेरी १० पाताभित्र लुकाई राखेको दुई किलो २२० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो । यस्तै काठमाडौँको महाबौद्धमा रहेको पवित्र प्रोग्रेस फार्मेसीका सञ्चालक धीरेन्द्र नेपालीलाई नियन्त्रित लागुऔषध तथा मनोद्दीपक औषधिसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालीबाट ११ सिसी केटामाइन इन्जेक्सन र ११२ पिस कोडाइन फोसफेट ट्याब्लेट बरामद गरेको छ