शुक्रबार, बैशाख १४, २०८१

भिमसेनगोलामा आगलागी,एक करोडभन्दा बढीको धनमाल क्षति

  काठमाडौँ माघ २२, काठमाडौँको भिमसेनगोलास्थित एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ ।  काठमाडौँ वडा downloadनं ३४ को वडा कार्यालयसँगै रहेको डिल्ली रिजालको एलेस फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो । काम गर्ने क्रममा बिहान आठ बजेतिर गार्मेन्टमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । आगलागीमा तयारी पोशाक जलेर नष्ट हुनाका साथै मेसिनमा समेत क्षति पुगेको छ । स्थानीयवासी र प्रहरीको प्रयासमा एक घण्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो । उक्त गार्मेन्टमा उत्पादन हुने कपडा अमेरिकालगायतका देशमा निकासीहुने गरेका छन् ।