शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस सभापति कोइरालाले चितवन ४ र देउवाले कैलाली ६ छोड्यो

 काठमाडौं माघ २२ ,गत संविधानसभाको निर्वाचनमा दुई स्थानबाट विजयी सभासद मध्ये कांग्रेस सभापति सुशील कोइरालाले चितवन ४ छोडेनु भएको छ भने susil & dhear bhadurकाँग्रेसकै वरिष्ठ नेता शेरबादुर देउवाले कैलाली ६ छोडेर डडेलधुरा १ रोजेका छन् । यस अघि नेकपा एमालेका नेता माधव नेपाल र अर्का नेता वामदेव गौतमले क्रमस काठमाडौं २ र बदिर्या १ छोडेका थिए ।
संविधान सभाका आजको बैठकमा निर्वाचनमा २ ठाउँबाट विजयी सभासदले एक स्थान छोड्न पर्ने नियम अनुसार सभासदहरुले एउटा निर्वाचन क्षेत्र छोडेका हुन् । आज बसेको संविधानसभा बैठकमा ज्येष्ठ सदस्य सुर्यबहादुर थापाले दुई स्थानमा विजयी सभासदले छोडेको निर्वाचन क्षेत्रबारे जानकारी दिए ।  नेताहरुले छाडेको चार वटा निर्वाचनमा उप निर्वाचन हुने छ । संविधानसभाको अर्को बैठक माघ २९ गते बस्नेछ ।