शनिबार, बैशाख १५, २०८१

गृहमन्त्रालय भागवण्डा विवाद निरुपणको लागि शीर्ष नेताहरुवीच वार्ता भईरहेको दावी

 काठमाडौं फाल्गुण १, आज कांग्रेस र एमालेबीच गृहमन्त्रालय भागवण्डको लागि चुलिएको विवाद सम्बोधनको लागि हुँने भनिएको वार्ता आफैमा महत्वहिन 7भएको भन्दै एमालेका नेताहरुले वार्ताका टेवलमा बस्न इन्कार गरेका छन । तर कांग्रेसले भोलि बस्ने व्यवस्थापिका संसद्को बैठक अगावै सहमति गरेर एमालेका तर्फबाट सरकारमा सहभागी हुने नेताहरुलाई मन्त्रीका रुपमा सपथ ग्रहण गराउने तयारी गर्दै गरेको अवस्थामा एमालेका उपाध्यक्ष वामदेव गौतमले कांग्रेसले सहमति तोडेकाले अहिले वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएँदै गृह विवाद मा सहमति नभएसम्म अरु मन्त्रालयको कुरा गर्नु व्यर्थ भएको जिकिर गरेका छन । यसैवीच कांग्रेसका नेताहरुले भने एमालेलाई गृहमन्त्रालय दिएर पनि सहमतिमा ल्याउनुपर्ने गरी वार्ता थालेको सम्वद्ध स्रोतले जनाउँदै कांग्रेस र एमालेवका शीर्ष नेताहरुवीच वार्ता भईरहेको र छिटै सहमतिमा पुग्नेदावी गरेका छन ।