शुक्रबार, चैत्र १६, २०८०

राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न १० बुँदे कार्ययोजना

काठमाडौं फागुन १, महानगरीय प्रहरी परिसर, काठमाडौँले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न १० बुँदे कार्ययोजना लागू गरेको छ ।   आज राजधानीमा police office hanuman dhokadownloadपत्रकार सम्मेलन गरी १० बुँदे कार्ययोजना सार्वजनिक गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेलले प्रहरीको आचरण सुधार गरी सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न यस किसिमको कार्ययोजना कार्यान्वयन गर्न लागिएको बताउँनु भएको छ । 

आज सार्वजनिक गरिएको कार्ययोजनाको पहिलो बुँदामा नै प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याउने र प्रहरी स्वयम् समस्याको कारक नबनी रोल मोडल भई कार्य गर्नुपर्ने भन्दै उहाँले प्रहरीको आचरण सुध्रिएमात्र राम्रो काम हुन सक्ने भएकोले पहिलो बुँदामा नै आचरण सुधारको कार्ययोजना राखिएको बताउनुभयो । त्यस्तै  अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन वैज्ञानिक साधनहरुको प्रयोगलाई प्राथमिकताका साथ अवलम्बन गर्दै जाने, सुरक्षासँग सम्बन्धित बिषयमा खबर संकलन गर्न स्थानीय सामुदायिक केन्द्र एवं विभिन्न संघ संस्थाहरुसँग समेत समन्वय तथा सहकार्य गरी चुस्त र भरपर्दो सञ्जाल स्थापना गर्ने, सामाजिक विकृति, जुवातास, वेश्याबृत्ति, दुर्व्यवहार जस्ता अनैतिक कृयाकलाप नियन्त्रण गर्न कडाइका साथ प्रस्तुतहुँनुको अलावा काठमाडौँलाई सेल्टर बनाएर बसेका अपराधीहरूको खोजी गर्नेदेखि कैद मुक्त भएका व्यक्तिलाई निगरानी राख्नेसम्मको काम भइरहेको जानकारी पनि प्रहरी वरिष्ठ उपरीक्षक खरेलले दिनुभयो ।

राजधानीमा आर्थिक अपराधका घटनाहरू वृद्धि हुँदै गइरहेकाले परिसरले गुण्डागर्दीका साथै सामाजिक विकृति, जुवातास, वेश्यावृत्ति, दुव्र्यवहारजस्ता अनैतिक क्रियाकलाप नियन्त्रणको रणनीति लिएको छ । राजनीतिक र समाजका प्रतिष्ठित व्यक्तिको आडमा मौलाउँदै आएको गुण्डागर्दीको नियन्त्रण लगायत दलाल, अपराधी, भष्ट्राचारी एवं दुई नम्वर व्यक्तिहरुसँग उठबस, सम्पर्क तथा सम्बन्धबाट प्रहरी टाढा रहने, चोरी, लुटपाट तथा डकैती न्यूनीकरण गर्नको लागि प्रहरी परिचालनमा व्यापकता दिने, समय समयमा नागरिक समाजसँग शान्ति सुरक्षा लगायतका क्षेत्र समेट्ने गरी अन्तरक्रिया कार्यक्रम राख्ने तथा प्रहरी काम कारवाहीबारे पृष्ठपोषण लिने, भए गरेका नीति निर्देशनहरुको पालनाबाट आएको प्रतिफल अनुसार प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो