शनिबार, बैशाख १५, २०८१

आज ६४ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइदैं

   काठमाडौँ फागुन ७, आज ६४ औं प्रजातन्त्र दिवस । बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यभई प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र प्राप्तिको लडाईमा शहीदहरु धर्मभक्त, दशरथ चन्द, गंगालाल र शुक्रराज शास्त्रीको योगदान सदा  वीर सहिद  स्मरणीय रहेको छ । उनीहरुलाई विक्रम सम्वत् १९९७ सालमा तात्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
यसैबीच, राष्ट्रपति डा रामवरण यादवले ६४औं प्रजातन्त्र दिवसको अवसरमा देश बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिंदै नेपाल र नेपाली जनतालाई पहिलो पटक आधुनिक र लोकतान्त्रिक जीवन पद्धतीको मार्गदिशा प्रदान गर्नु आजको दिनले २००७ सालको ऐतिहासिक परिवर्तनलाई स्मरण गराउन विशेष महत्व राख्ने बताएका छन् ।
उपराष्ट्रति परमानन्द झाको शुभकामना सन्देशमा लोकतन्त्रको संस्थागत सुदृढीकरण एवं संवद्र्धनका लागि सबै नेपालीको ऐक्यबद्धता, समझदारी र सहयोगको आह्वान गरिएको छ । त्यस्तै, प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनको परिणामस्वरुप संघीयता, गणतन्त्र, धार्मिक स्वतन्त्रता, मावनअधिकार, सामाजिक न्याय समावेशिता र सहभागितामूलक शासन प्रणाली प्राप्त भएको सन्देशमा उल्लेख गरेका छन् ।