शुक्रबार, बैशाख १४, २०८१

अख्तियारद्वारा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक झा सहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  काठमाडौ फागुन १०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झा, तत्कालीन महाप्रबन्धकत्रय रामेश्वर यादव, युगलकिशोर साह र चिरञ्जीवी शर्मा पौडेललगायत विभिन्न पदमा कार्यरत १७ जनाविरुद्ध विशेष अदालतमा शुक्रवार मुद्दा दायर akhtiyar-ayoogगरेको छ । शुक्रवार दायर गरिएको मुद्दामा प्राधिकरणका लागि चीनको सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनी लिमिटेडबाट खरिद गरिएको ५७५ थान ट्रान्सफरमर खरिद र भण्डारणमा अख्तियार दुरुपयोग गरेको अभियोग सहित मुद्दा दर्ता भएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताउँनु भएको छ ।

यसैगरी मुद्धा दायर गरिएका अन्य कर्मचारीहरुमा क्रमस तत्कालिन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहनिर्देशक हरिशबहादुर पाल, सहनिर्देशक डिल्लीरमण दाहाल, तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाल, तत्कालीन सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, तत्कालीन कामु निर्देशक अष्टरत्न शाक्य, केन्द्र प्रमुख त्रिपुरारीप्रसाद सिंह, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, तत्कालीन केन्द्रीय भण्डार प्रमुख एवम् इन्जिनियर नारायणप्रसाद चौधरी, तत्कालीन भण्डार सहायक सरोज श्रेष्ठ रहेको जनाउँदै निजहरुबाट रु सात करोड ९१ लाख २८ हजार ५३८ जरिवाना र बिगो असुलउपर गर्न समेत अख्तियारले माग गरेका छन ।