शुक्रबार, बैशाख १४, २०८१

पर्वतारोहण सङ्घमा शेर्पा निर्वाचित

 काठमाडौं फागुन १० पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा आङ छिरिङ शेर्पा निर्वाचित हुनुभएको छ ।NMA शुक्रबार सम्पन्न निर्वाचनमा शेर्पाले ४७३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी निमानोर्बु शेर्पाले ३९१ मत प्राप्त गर्नुभयो । त्यसैगरी १५ सदस्यीय कार्यकारीणी समिति अन्र्तगत सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सन्तवीर लामा, दिवसविक्रम शाह, ठाकुरराज पाण्डे, राजेन्द्रमान श्रेष्ठ र टीकाराम गुरुङ निर्वाचित हुनुभएको छ ।