शनिबार, बैशाख १५, २०८१

संस्कृतिमन्त्री श्रेष्ठले भने- पौष २७ का दिन सार्वजनिक बिदा दिने सवालमा सरकार सकारात्मक

  काठमाडौँ पौष २०, २९२ औँ पृथ्वीजयन्ती मूल नागरिक समारोह समिति’द्वारा आज राजधानीमा आयोजित नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयको  अन्तक्र्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पु९याएको देनलाई सम्झेर पौष २७ का दिन सार्वजनिक बिदा दिन सरकार सकारात्मक रहेको र मन्त्रिपरिषद्, गृहमन्त्रालयसहित सम्बन्धित सबै पक्षसँग छलफल गरी सहमति भएमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउँनु भएको छ ।

अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता डा शेखर कोइराला, एमाओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली , नेकपा–माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसी राष्ट्रिय जनमोर्चाका नेता विष्णु थिङले र नेकपा ९एमाले०का नेता रघुजी पन्तले पृवीनारायण शाहले राष्ट्र निर्माणमा पु¥याएको देनलाई सम्झदै पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको थियो । त्यस्तै   नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिका संयोजक डा रमेश ढुङ्गेल, नागरिक समाजका भरत बस्नेत, प्रा दिनेशराज पन्त, प्राज्ञ जगमान गुरुङलगायतले पृथ्वीनारायणले नेपालको एकीकरणको क्रममा खेलेको महत्वपूर्ण पक्षमाथि प्रकास पार्नु भएको थियो ।