शनिबार, बैशाख ८, २०८१

सभापति कोइरालासँग अमेरिकी राजदूतबीच भेटवार्ता

 काठमाडौँ पौष २१, नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले आइतबार बिहान कोइरालाको निवासमा भेटवार्ता गर्नुभएको छ  भेटमा राजदूत बोडेले सभापति कोइरालालाई संविधानसभा निर्वाचनमा काँग्रेसलाई विजयी बनाई आफू पनि दुई स्थानबाट निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको थियो ।सभापति कोइरालाले संयुक्त राज्य अमेरिकाले नेपालमा लोकतन्त्रको स्थापना र संस्थागत विकासमा दिएको नैतिक समर्थनका साथै आर्थिक–सामाजिक विकासका लागि प्रदान गर्दैआएको निरन्तर सहयोगको प्रशंसा गर्नुभएको थियो । भेटवार्तामा संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्था तथा नेपाल र अमेरिकाको द्विपक्षीयसम्बन्धबारे पनि कुराकानी भएको थियो ।