शुक्रबार, बैशाख १४, २०८१

विधानसभाको बैठक बोलाउँने सम्बन्धमा दलका नेताहरुको आ-आफ्नै डम्फु

काठमाडौं पौष ११, राजनीतिक दलका नेताहरुले संविधानसभाको पहिलो बैठक राष्ट्रपति कि मन्त्रिपरिषद्का अध्यक्ष कसले बोलाउने भन्ने विषयमा आ–आफ्नै ढंगको तर्क गरेका bicc 1 (1)छन् । संवाद क्लबले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता डा। नारायण खड्का, नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवाली, एनेकपा माओवादीका नेता देबेन्द्र पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ्ग र नेकपा मालेका महासचिव सी।पी। मैनालीले संविधानसभाको पहिलो बैठक बोलाउने सन्दर्भमा आ आफ्नै ढङ्गले तर्क गरेको छन ।
कार्यक्रममा नेपाली काँग्रेस राष्ट्रपतिले नै पहिलो बैठक बोलाउन भन्ने पक्षमा देखिएको छ भने नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले संविधानसभाको पहिलो बैठक मन्त्री परिषद्का अध्यक्षले बोलाउनुपर्ने पक्षमा उभिएको छ । त्यसैगरि एनेकपा माओवादीका नेता देबेन्द्र पौडेलले संविधानसभाको पहिलो बैठक दलहरुबीच सहमतिका आधारमा राष्ट्रपति वा प्रधानमन्त्री जसले पनि बोलाउनसक्ने भन्दै मध्यमार्गी धारमा उभिएको अवस्था छ । यसैगरि नेकपा मालेका महासचिव सी।पी। मैनालीले दलहरुमा सहमतिकै आधारमा संविधानसभाको पहिलो बैठक बोलाउनुपर्ने बताउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ्गले संविधानसभाको पहिलो बैठक अन्तरिम स्ंविधानमा प्रधानमन्त्रीले बोलाउने कुरा उल्लेख भएकाले पहिलो बैठक मन्त्रिपरिषद्का अध्यक्षले नै बोलाउनु उपयुक्त हुने जिकिर गरेका छन ।

राष्ट्रपति र सरकारवीच पनि आ आफैनै तर्क विवाद

यसैबीच अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने व्यवस्था भएपनि शीतल निवासले भने अन्तर्राष्ट्रिय विधि र प्रचलनको कुरा उठाउँदै राष्ट्रपति रामवरण यादवले नै बैठक बोलाउन पाउनुपर्ने जिकिर प्रस्तुत गरेको बुझिएको छ भने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि संविधानमा व्यवस्था भएकै कारण संविधानसभाको बैठक आफैं बोलाउने मनस्थितिमा बनाएको बुझिएको छ ।