शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीले आज समानुपातिक सभासदको अन्तिम सूची तय गर्ने

काठमाडौँ पौष १४, एमाओवादीले आज समानुपातिक सभासदको अन्तिम सूची तयार गर्ने बताएका छन । समानुपातिकतर्फ प्राप्त ५४ सिटको सूची तयार पार्न नेता पोष्टबहादुर mao logo-chunabबोगटीलाई यसअघि पार्टीले तय गरेको मापडण्डको परिधीभित्र रहेर दिईएको जिम्मेवारी अनुरुप नेता बोगटीले तयार पारेको सूची आजको केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने बताईएको छ । 

केन्द्रीय त्यस्तै पार्टी प्रवक्ता अग्नि सापकोटाले आजको केन्द्रीय समितिको बैठकमा एमाओवादीले यसअघि अवसर नपाएका व्यक्ति,सशस्त्र युद्धका क्रममा सहिद भएका व्यक्तिको परिवार , बेपत्ता परिवार, घाइते र इमानदारीपूर्वक लामो समय पार्टीमा काम गरेका नेता तथा कार्यकर्तालाई सभासद बनाएर पठाइने बताउँनु भएको छ । त्यस्तै उहाँले भने एउटै परिवारका दुई व्यक्ति पनि समानुपातिक सूचीमा पर्ने छैनन् । सकरभर प्रत्यक्षमा नजितेका जिल्लाकालाई समेट्ने तयारीरहेको बताए ।