शनिबार, बैशाख १५, २०८१

Noc का अध्यक्ष श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौ मंसिर २७,
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर आज विशेष छलफल भएको छ । साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले संघीय संसदका सदस्य समेत रहेको अध्यक्ष श्रेष्ठसग भेट गर्नु भएको हो ।

राजदूतसंगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसंग थप छलफल हुने बताउँदै उहाले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाइने बताउनुभयो ।

छलफलको क्रममा उहाँहरुवीच खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको थियो । त्यस अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।