शुक्रबार, चैत्र १६, २०८०

दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त लोंवा पक्राउ

काठमाडौ मंसिर १७,

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने कार्यमा संलग्न भइ फरार रहेका अभियुक्त ताप्लेजुङका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनसार लोंवाले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पुर्‍याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ५ महिनासम्मबन्धक बनाई राखेको खुल्न आएको छ ।

पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूताबासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएसंगै दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको जनाएकोछ । त्यस्तै ब्यूरोले लोंवा उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जनाएको छ