बिहिबार, बैशाख १३, २०८१

ओसीएको ३९ औं साधारण सभामा भाग लिन एनओसीका अध्यक्ष श्रेष्ठ मस्कट प्रस्थान

काठमाडौं मंसिर २८,
– नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी ९ओसीए० को ३९ औं साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गर्नु भएको छ ।  साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि हुने मतदानमा भाग लिनु हुने बताईएकोछ ।

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१ औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा छुट्टै वार्ता पनि गर्नु हुनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो अभिमत प्रस्तुत गर्ने र त्यसको त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि हुने चुनाव पक्रियामा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुने छ ।

साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औं एसियाली खेलकुदबारे पनि छलफल हुने प्राप्त जानकारीमा उल्ल्ेख गरिएको छ ।