शुक्रबार, बैशाख १४, २०८१

पाँच दिने पत्रकारिता तालिम सुरु

  भक्तपुर माघ १०, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले जिल्ला विकास समिति भक्तपुरसँगको सहकार्यमा आजदेखि पाँच दिने पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन गरेको छ ।   पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने युवायुवतीलाई पत्रकारितासम्बन्धी आधारभूत ज्ञान दिने उद्देश्यले तालिम सञ्चालन गरिएको fng logo 1शाखा अध्यक्ष नारायणसुन्दर किलम्बुले जानकारी दिनुभयो ।  पत्रकारिता क्षेत्रमा बोलाई अति आवश्यक हुने भएकाले पत्रकारितासँगै उद्घोषण कलासमेत सिकाउने उद्देश्य रहेको बताउँदै अध्यष किलम्बुले बताए ।

१५ महिला र १२ पुरुष प्रशिक्षार्थीको सहभागिता रहेको उक्त तालिमको प्रशिक्षक शिव गाउँले, उषा सिंह मल्ल, नवराज लम्साललगायतले पत्रकारिता र उद्घोषणसम्बन्धी प्रशिक्षण दिनु हुनेछ ।