शुक्रबार, बैशाख १४, २०८१

नयाँ सूचना प्रविधि नीति ल्याइने :सञ्चारमन्त्री डा रिजाल

 काठमाडौँ वैशाख ११,  सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विभिन्न मन्त्रालयमा छरिएका सूचना प्रविधिसँग सम्बन्धित नीति तथा नियमलाई एकीकृत गरेर safe_imageनयाँ सूचना प्रविधि नीति ल्याइने बताउनुभएकोे छ । सूचना तथा प्रविधिका क्षेत्रमा विकास र विस्तार भएका नवीनतम उपलब्धिका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि सुरु भएको सातौँ ‘आइसिटी एक्स्पो’को उद्घाटनपछि सूचना तथा सञ्चारमन्त्री डा रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा, विज्ञान, प्रविधि तथा वातावरण र सूचना तथा सञ्चार मन्त्रालयमा प्रविधिसम्बन्धी नीति छरिएकाले त्यसलाई केन्द्रित गरिने जानकारी दिनुभयो ।

सूचना प्रविधि क्षेत्रमा आएको चुनौतीलाई नीतिगत रुपमा सरकारले सम्बोधन गर्ने बताउँदै उहाँले यसको विकासमा निजी क्षेत्र अगाडि आउनुपर्नेमा जोड दिनुभयो । विकास र व्यवस्थापनलाई अगाडि बढाउनका लागि ‘ब्रोड ब्यान्ड आइसिटी’ मात्रै एक विकल्प रहेकाले यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिने सूचना तथा सञ्चारमन्त्री डा रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा र आइसिटी एसोसिएसनका अध्यक्ष शिशिर उपाध्यायलगायतले स्वास्थ्य, शिक्षा एवम् विकासमा सूचना प्रविधिले पार्ने प्रभावका बारेमा जानकारी दिनुभयो । यही वैशाख १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने सो ‘एक्स्पो’मा सूचना प्रविधिसँग सम्बन्धित १०४ कक्ष छन् । एक्स्पोमा प्रोजेक्टर तथा डिजिटल बोर्ड, विभिन्न ब्रान्डका मोबाइल एवम् कम्प्युटर राखिएका छन् ।