शुक्रबार, बैशाख १४, २०८१

जनादेशअनुसार समयमानै संविधान दिन राष्ट्रपतिको आग्रह

कठमाडौं पौष १०, राष्ट्रपति डा रामवरण यादवले बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हिजोदेखि बुटवलमा सुरु भएको r yadavक्षेत्रीयस्तरको औद्योगिक व्यापार तथा कृषि मेला एवम् पर्यटन मेला २०७० पश्चिमाञ्चलको आज उद्घाटन गर्दै संविधानसभा चाँडो बस्न र संविधान निर्माणको काम थालनी गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । त्यस्तै राष्ट्रपति यादवले मुलुक बितेको करिव दुई दशकमा धेरै पछाडि गएकाले अब मुलुकलाई अगाडि लैजाने दलहरु जिम्मेवार हुँनु पर्ने  धारणा राख्दै जनादेशअनुसार समयमानै संविधान दिन राष्ट्रपतिको आग्रह गर्नुभएको छ ।

कर्यक्रममा सभासद बालकृष्ण खाँण,नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।