शुक्रबार, बैशाख १४, २०८१

अबको युद्ध..

    19692268_10212466163742799_1823232730_n-ललित ध्वज खड्का
युद्धको शुरुवात किन र कसरी हुन्छ ? जब मानबले आफु माथी अत्याचार भयो,थिचियो-मिचियो ,हेपियो,भेदभाबपूर्ण ब्यबहार भयो भन्ने लागेमा यस्तो कुरा आमरुपमा सम्झियो भने नै युद्ध (द्वन्द )बिष्फोट हुन्छ। उग्ररुप लिन पुग्छ र यस्तो युद्ध (द्वन्द ) हिंसात्मक र विध्वंसात्मक हुनपुग्दछ। वास्तबमा युद्धको शुरुवात पुर्बिय दर्शनमा रामायण पहिलो हुनु पर्छ। महाभारतलाई युद्धको कारण खोज्ने र परिणामको बारेमा बिबेचना गर्ने पहिलो काव्यको रुपमा लिन सकिन्छ। दोस्रो बिश्व युद्ध पछि गरिएको एक अध्यनले बिश्वमा बिगत पाच हजार बर्षमा चौध हजार पाच सय वटा युद्ध भएको गणना गरिएको थियो र त्यसमा दुई सय पचास बर्ष मात्र युद्ध नभएको पहिचान भएको थियो। यस अबधिमा तीन अर्ब मानिसहरु मारिएका आकलन गरिएको थियो भने यसबाट भएको भौतिक क्षेति गणना बाहिर रहेको निचोड निकालिएको थियो। दोस्रो बिश्व युद्धपछि विश्वमा थप एकसय पचास भन्दा बढी युद्ध भएका छन र हाल पनि झन्डै सतचालिस मुलुकहरुमा युद्ध भैरहेका छन। यी युद्ध गृह युद्धको रुपमा , शसस्त्र विद्रोहको रुपमा वा अन्य प्रकारको रहेका छन। सन् १९९० पछिका बर्षमा प्रतेक बर्ष लगभग तीन लाख मानिस युद्धका कारणबाट मारिएको भन्ने राष्ट्रसंघको प्रतिबेदन रहेको छ।
दोस्रो युद्ध पछि भयाबह स्थिति देखेका दार्शनिक आइन्स्टाईनले एक जना पत्रकारको जवाफमा तेश्रो बिश्व युद्धको स्थिति कस्तो हुनेछ भनि सोधेकोमा आइन्स्टाईन्ले तेश्रो बिश्व युद्ध कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छैन तर चौथो बिश्व युद्ध भएमा मानिसहरुले लाठी र ढुंगाले युद्ध गर्नेछन भन्ने बिचार ब्यक्त गरेका थिए। अर्थात अबको बिश्वयुद्धमा सम्पूर्ण सभ्यता नै नष्ट हुने उनको अभिप्राय रहेको थियो।  द्वन्दले बिश्व ग्रस्त छ नेपाल पनि त्यसबाट अछुतो छैन। युद्ध र शक्ति चुनौतिका बिषय भएका छन। हिंसात्मक युद्ध र सशस्त्र युद्धबाट हत्या हिंसा हुनेको संख्या बढ्दै गएको छ। यी बाहेक सन् २०११ मा “जस्मिन रिभोल्युसनको” लहरबाट ट्युनिसिया ,ईजिप्ट,यमन,सिरिया,लिबिया,बहराईन,आदि देशहरुमा सुरु भएको युद्धमा हजारौ बिस्थापित भएका छन। सामाजिक संजाल फेसबुकको प्रयोगबाट द्वन्द चर्किएको भनिएको छ। विश्वमा मानिसले कल्पना गरेको भन्दा पनि बढी द्वन्द, युद्ध भए।  द्वन्दको नाममा अरबौ डलर खर्च भई सक्यो।  बिकास निर्माणमा खर्च गर्नु पर्ने रकम द्वन्द सिर्जना गर्न, दमन गर्नमा उपयोग भई रहेकोले जनताको जीवन झनै असुरक्षित र गिर्दो अवस्थामा पुग्नु चिन्ताको बिषय भएको छ।
हामीले विश्वमा अहिले सम्म भएका द्वन्द र यसबाट भएका क्षतिका बारेमा चर्चा गर्यो।  द्वन्द धेरै किसिमका हुन्छन यसका पनि कारण धेरै छन। अब मानब जातिले विश्वमा कस्तो द्वन्दको  सामना गर्नु पर्नेछ भन्ने चर्चा गर्नेछौ। अबको प्रमुख युद्ध भनेको मुख्यत:खान पाउने र नपाउने बीचको द्वन्द, धनि र गरिब बिचको द्वन्द , खाध्य सुरक्षाको द्वन्द आदि। सन् २०२० सम्ममा यहि खाध्य सुरक्षाको कारणबाट विश्वमा अनेकन युद्धहरु हुने स्थिति तर्फ बिश्व बढिरहेको छ। अर्को जटिल द्वन्द पानीको लागि। हुनेछ। जलश्रोतको भण्डार रहेको मुलुक जस्तै नेपाल,ब्राजिलमा समेत पिउने पानी तथा  लागि पानीको अभाव हुनेछ। त्यस्तै जल प्रदुषणले संकट उत्पन्न हुने खतरा बढेको छ। त्यस्सैले २०३० सम्ममा पीउने पानीको लागि युद्ध चर्कन सक्ने सम्भावना प्रबल देखिन्छ। २०४५ सम्ममा विश्वको प्रमुख युद्ध नै पिउने पानीको लागि हुने बिस्वास गरिएको छ। त्यसै गरी अर्को युद्ध उर्जाको लागि हुनेछ। बढ्दो उर्जाको खपत तथा श्रोतमा हुदै गएको न्युनिकरनले गर्दा विश्वले उर्जा संकट भोग्नु पर्ने छ भने अर्को तर्फ पेट्रोलियम पदार्थको रितिदो भण्डारले गर्दा उर्जा संकट बेहोर्नु पर्ने अवस्था अगाडी छ।
सन् १९७९ माअमेरिकाको तीन माईल दिप, सन् १९८७मा चेर्नोभिल र सन् २०११मा जापानको फुकुसिमामा भएको पारामाणिक दुर्घटनाले गर्दा परमाणु उर्जा समेत सुरक्षित नरहेको अवस्थाले गर्दा बैकल्पिक उर्जाले पनि संकट टार्न नसक्ने देखिन्छ। त्यसै गरी जर्नानिले सहारा मरुभूमिबाट ४० हजार मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजना गरेकोमा यसको प्र्भाबकारितामा संकट उत्पन्न भएको छ भने ग्यासको आपूर्तिमा समेत कठिनाई उत्पन्न भएकोले अब हुने युद्ध उर्जा युद्ध हुनेछ। त्यसै गरी अर्को युद्ध जलबायु परिबर्तनका कारण बिकशित र विकासोन्मुख मुलुकहरु बिच सुरु भै सकेको छ। यी द्वन्द मध्ये लहरको द्वन्द पनि प्रमुख द्वन्द मानिएको छ। एल्मिंन ताफ्लार्ले उर्जाको तश्रो लहरको सिद्दान्त प्रतिपादन गरेर बर्तमान अवस्थामा यिनै उर्जाको लहर वा छालहरू बिचको द्वन्द भएको उल्लेख गरेका छन। बिधुतिय तरंगको उर्जा शक्तिको प्रयोग पछि सुरु भएको साइबर प्रबिधिका कारणले हिजोका सम्पूर्ण सरचनागत र कार्यात्मक प्रणालीलाई बिस्थापित गरी सबैमा परिबर्तन हुदा नया किसिमका द्वन्द भएको उनको धारणा छ। संचार साधनको असामुहिकरंले गर्दा संचार क्षेत्रमा नया द्वन्द उत्पन्न भएको छ। मानिसको दिमागको ठाउ मेसिनले लिने अवस्थाले बौद्दिक द्वन्द उत्पन्न गर्दै छ। यसको साथ् -साथै नया -नया रोग ब्यादी ,बाताबरण तथा अन्य क्षेत्रमा बढ्दै गएको संकटले बिस्व सामु थप चुनौती उत्पन्न भएको छ।    समाप्त।