बिहिबार, बैशाख १३, २०८१

बार गर्ल

AIbEiAIAAABDCL_YoLDZuMapbyILdmNhcmRfcGhvdG8qKDllZmQwY2Y2YjRjMTdjNzk0MTlhMjY2MWQ4YjQxMmJjMzlmYTNhZDUwAUnvjoNtErWChxiQNj05yDkMiI3s

ओइलाएको त्यो अनूहार
क्रीम पाउडरले टाली
टलक्क टल्काउछे मुहार
लगाउदै सुर्मा र लाली ।

छमछम बजाउदै पाइजु
मञ्चमा पाइलाहरु चाली
मातमा डुबेका भमराहरु
जोशले बजाउछन ताली ।

तताउछे नशाले रात पनि
एक एक पोशाक फाली
चुम्दछे प्याला गिलासको
दर्शकलाई घप्लक्क अगालो हाली ।

लोभ्याउछे सबका नजरहरु
सर्बाङग आफुलाई ढाली
उफ्रन्छन बुढाहरु जोशले
नाइटोमा पैसा हाली ।

चम्काउछे अध्यारो रातलाई
बैंस त्यो धपक्क बाली
निम्ताउछे सधै भोकाहरुलाई
पस्कदै यौवलको थाली ।

-प्रेम वली ढकलपुरे