आइतवार, बैशाख १६, २०८१

काँग्रेस निर्वाचन केन्द्रीत बृहत् छलफलमा

काठमाडौ कार्तिक २० नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन पार्टीको बृहत् छलफल शुरु गरेको छ ।   केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक नेता बालकृष्ण खाँणले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) लगायतका संस्थासँग विचार परामर्र्श गर्दै छलफलको सुभारम्भ गर्नु भएको काँग्रेस मुख्यालद्दारा जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा समितिले गत स्थानीय तह निर्वाचन, २०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचारप्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका काम र भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको लिदै जिल्लामा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला कार्यसमितिले तोकेको व्यक्ति संयोजक र नेपाल प्रेस युनियन जिल्लाका अध्यक्ष सहसंयोजक रहने गरी जिल्ला निर्वाचन प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरिसकेको उल्लेख गरिएको छ ।