बिहिबार, चैत्र १५, २०८०

अध्यादेश प्रमाणीकरणका लागि एकहप्ते अल्टिमेटम

फाइल फोटो

 राष्ट्रपतिले  अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्नु भनेको  उहाँ देशको नभएर कुनै पार्टी विशेषको हो कि भन्ने प्रश्न खडा  गरेको आरोप

काठमाडौ कात्तिक २०,  प्राडा गोविन्द केसीले सरकारले हालै जारी गरेको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् । आज डा केसीले शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा  राष्ट्रपतिले  अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्नु भनेको  उहाँ देशको नभएर कुनै पार्टी विशेषको हो कि भन्ने प्रश्न खडा  गरेको   समेत बताए ।

 त्यस्तै हिजोका दिनमा सरकारले विद्ययृक जारी नगर्दा पटकपटक आमरण अनसन बस्नु परेको तर आज जारी उक्त अध्यादेश प्रमाणीकरण
नभएकोमा फेरी अनसन बस्न बाध्य पार्ने स्थित सिर्जना गरिएको भन्दै डा केसीले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सात दिनको समयसिमाको अल्मिेटम दिएका छन ।