आइतवार, बैशाख १६, २०८१

वारेस मार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

काठमाडौ कार्तिक १६,  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यका लागि कार्यव्यस्तताका कारण गृह जिल्ला जान नभ्याइएका कारण आफ्नो उम्मेदवारी वारेसनामामार्फत दर्ता गराउनु भएको छ ।

प्रजातन्त्र पुनः स्थापना भएपछि सम्पन्न आम निर्वाचनमा विजयी हुँदै आउनुभएका नेका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभाको लागि उम्मेदवार हुनुहुन्छ ।