शुक्रबार, बैशाख १४, २०८१

एमालेका अध्यक्ष ओली झापा –५ बाट चुनावी मैदानमा

 काठमाडौं कार्तिक १६ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता गराउँने क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर–१ मा युवा नेता विश्वप्रकाश शर्मा, झापा–३ मा कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् भने   झापा–३ बाटै प्रतिनिधिसभाका लागि वाम गठबन्धनको समर्थनमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।