बिहिबार, बैशाख १३, २०८१

प्रचण्ड चितवनको क्षेत्र नं ३ बाट चुनावी मैदानमा

काठमाडौं कार्तिक १६,  आगामी मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका छन ।

गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दर्ता गराएलगत्तै पत्रकारसंग संक्षिप्त कुरा गर्दै वाम गठबन्धन मुलुकमा ५वर्षे स्थिर सरकारको लागि भएको बताए ।

दास्रो संविधानसभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र न १०बाट पराजित भएका अध्यक्ष प्रचण्डको उम्मेदवारीको प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा एमालेका क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहेका छन् ।