शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा बाम गठबन्धन : एमालेको तर्फबाट १० र मा.के.को ५ उम्मेदवार

 काठमाडौ कार्तिक १६,  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौ उपत्यकाका १५ स्थानमध्ये बाम गठबन्धन अन्र्तगत एमालेको तर्फबाट १० र माओवादी केन्द्रबाट ५ स्थानमा आज मनोनयनपत्र दर्ता भएको छ ।      काठमाडौमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

 काठमाडौमा क्षेत्र नं १ मा अनिल शर्मा (मा.के),  २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी (मा.के) , ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० का लागि   हितमान शाक्य  (मा.के)  चुनावी मैदानमा उम्मेवार  हुनुभएको छ ।   त्यस्तै प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं १ मा मिलन सुवाल (मा.के) , २ मा महेश बस्नेत, ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा (मा.के) भुसाल चुनावी मैदानमा आएका छन ।