बुधबार, बैशाख १९, २०८१

एमालेको भेलामा हुलहुज्जत गर्ने अराजक जत्थालाई कारवाही गर्न माग

काठमाडौ भाद्र १३ , नेकपा एमाले ले धनुषाको जनकपुरमा पार्टीको प्रदेश नं २ स्तरीय भेला जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ ।  पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी भेलामा Captureभएको यस किसिमको प्रदर्शले का निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको भएको आरोप सहित एमालेका सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रममा यथोचित शान्तिसुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् भएको उल्लेख गरिएको छ ।

त्यस्तै एमालेको कार्यक्रममाथि हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारवाही गर्न माग गर्दै निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै जनतालाई भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुनिश्चित गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।  साथै, सबैखाले अवरोधलाई चिर्दै उत्साह एकताका साथ प्रदेश नं. २ को आसन्न् स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता र आम जनसमुदायलाई अपिल र आह्वान गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031